माेरङबाट चिडियाखाना ल्याइएकाे हिउँचितुवाकाे अवस्था सामान्य, ३ दिनपछि डेढ किलाे मासु खायाे

 माघ १२, २०८० शुक्रबार १८:३७:३२ | महेश ज्ञवाली
unn.prixa.net

ललितपुर – गएकाे माघ ९ गते मोरङकाे उर्लाबारीबाट उद्धार गरी जावलाखेल चिडियाखामामा राखिएको हिउँचितुवाको अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ ।

जावलाखेलको चिडियाखानामा विभागले आज पत्रकार सम्मेलन गरेर हिउँचितुवाको पछाडिको बाया खुट्टामा चोट लागेकाले टेक्न असहज भएको तर बाहिरी कुनै किसिमको चोट नदेखिएको जनाएकाे छ । चिडियाखानामा हिउँचितुवाको उपचार गर्न सहज हुने र अहिले काठमाण्डौको तापक्रम पनि हिउँचितुवा अनुकूल भएकाले ल्याएको विभागकाे भनाइ छ ।

४ हजार मिटरभन्दा बढी उचाइमा विचरण गर्ने हिउँ चितुवा १ सय ५० मिटरको उचाइमा भेटिनु चिन्ताको विषय भएकाे विज्ञहरूले बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख तथा हिउँचितुवाकाे विषयमै विद्यावारिधि गर्नुभएका मधु क्षेत्रीले जलवायु परिवर्तनका कारण, माउँ चितुवासँग छुटेर नयाँ बासस्थान खोज्ने क्रममा वा उच्च ठाउँमा जानुपर्ने ठाउँमा अलमलिएर होचो ठाउँमा पुगेको हुनसक्ने बताउनुभएको छ। यस्तै वन्यजन्तु विशेषज्ञ प्राध्यापक करण शाहले तस्करी गर्ने क्रममा हिउँचितुवा तराईसम्म पुगेको हुन सक्ने अनुमान गर्नुभएको छ ।

हिउँचितुवा कसरी तराईसम्म पुग्यो भन्ने कुराको अनुसन्धान भइरहेको र चितुवा फेला परेको ठाउँमा टाेली पुगिसकेकाे विभागले बताएको छ ।

अहिले माेरङबाट ल्याइएकाे हिउँचितुवालाई तनाव नहोस् भनेर चिडियाखानाकाे छुट्टै ठाउँमा राखिएको छ । तीन दिनसम्म केही नखाएको हिउँचितुवाले आज दिउँसो झन्डै डेढ किलो कुखुराको मासु खाएको विभागले बताएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया