काठमाण्डौमा यस वर्षकै धेरै जाडो

 माघ १४, २०८० आइतबार ९:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा आज यस वर्षकै धेरै जाडो भएको छ । बिहान पौने नौ बजेको तथ्याङ्क अनुसार काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्रीसम्म झरेको थियो ।

मौसम पूर्वानुमान् महाशाखाले हरेक बिहान पौने नौ बजे र बेलुका पौने ६ बजे न्यूनतम तथा अधिकतम तापक्रम निर्धारण गर्छ । न्यूनतम तापक्रम जति घट्यो चिसो त्यत्ति नै बढ्छ ।

मौसमविद् झाका अनुसार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम पनि घट्ने क्रममा छ । आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने मौसम पूर्वानुमान् महाशाखाको अनुमान छ । हिजो अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया