निलगिरी–२ जलविद्युत् आयोजनाले सुरुङ परीक्षण गर्ने

 माघ १५, २०८० सोमबार १८:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङमा रहेको नीलगिरि खोलामा निर्माणाधीन ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत् आयोजनाले भोलिदेखि सुरुङ परीक्षण गर्ने भएको छ ।

नीलगिरि खोलामा एकसाथ निर्माणाधीन २ वटा जलविद्युत् आयोजनामध्ये नीलगिरि–२ को सुरुङमा भोलिदेखि पानी पठाउन लागेको आयोजनाको प्रबन्धक नीलगिरि खोला जलविद्युत् कम्पनी लिमिटेडले जनाएको छ।

कम्पनीले सूचना निकालेर भोलिदेखि २५ गतेसम्म खोलामा पानीको बहाव थपघट हुने हुँदा माछा मार्ने, नुहाउने, गाईबस्तु, चौपाया छाड्ने र खोलामा आवतजावत नगर्न अनुरोध गरेको छ । आउँदो महिनादेखि परीक्षण उत्पादन शुरु गर्ने नीलगिरि खोला जलविद्युत् कम्पनी लिमिटेडका इन्जिनियर केशव वाग्लेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया