धान रोप्दै गर्दा गर्मीले बेहोस भएर मृत्यु

 जेठ २७, २०७५ आइतबार १५:५०:४० | उज्यालो सहकर्मी

महोत्तरी – अत्याधिक गर्मी सहन नसकेर महोत्तरीको गौशालामा एकजना महिलाको ज्यान गएको छ ।

आइतबार दिउँसो धान रोप्ने क्रममा खेतमै बेहोश भएकी गौशाला नगरपालिका ८ कि ३५ वर्षीया सिकिलदेवीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया