पत्रकारलाई प्रतिबन्ध : ट्रम्प प्रशासनविरुद्ध मुद्धा दर्ता

 कात्तिक २८, २०७५ बुधबार ७:२७:३२ | एजेन्सी
unn.prixa.net

केबल न्यूज नेटवर्क (सीएनएन) ले आफ्ना वरिष्ठ पत्रकार जिम एकोस्टाको परिचय पत्र ह्वाइट हाउस प्रवेशका लागि रद्द गरेपछि ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

जिम एकोस्टा ह्वाइट हाउसका लागि सीएनएनका प्रमुख संवाददाता रहेका थिए, गएको हप्ता पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसपछि उनको ‘प्रेस हार्ड पास’ फिर्ता लिइएको थियो ।

सीएनएनले राष्ट्रपति कार्यालयले संवैधानिक अधिकारको उल्लंघन गरेको आरोप लगाएको छ । 

मंगलबार वासिङ्गटनको अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई प्रतिवादी बनाइएको छ । राष्ट्रपति ट्रम्पसँग चिफ अफ स्टाफ जोन केली र ह्वाइट हाउसकी प्रवक्ता सारा स्याण्डर्स पनि रहेका छन् ।

के भएको थियो पत्रकार सम्मेलनमा ?

यो घटना ७ नोभेम्बरको हो । डोनाल्ड ट्रम्प र एकोस्टाको बीचमा केही प्रश्नहरुलाई लिएर बहस भएको थियो । बहसको एकदिन पछि उनको पास रद्ध गरिएको थियो । 

संवाददाता एकोस्टाले मेक्सिकोका शरणार्थी र मेक्सिकोबाट अमेरिकातर्फ बढी रहेका प्रवासीका बारेमा प्रश्न गरिरहेका थिए । राष्ट्रपति ट्रम्पसँग प्रश्न गरिरहेका बेला ह्वाइट हाउसमा कार्यरत एक महिला कर्मचारीले उनको माइक्रोफोन खोस्न खोजेकी थिइन् । तर एकोस्टाले माइक्रोफोन दिन मानेनन् र राष्ट्रपति ट्रम्पलाई अर्को प्रश्न गर्ने प्रयास गरेका थिए । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया