चीनले यसवर्ष झण्डै एक सय वटा अन्तरिक्ष यान प्रक्षेपण गर्ने

 फागुन १५, २०८० मंगलबार १२:१३:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनले यो वर्ष झण्डै एक सय वटा अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको छ । यो योजनाबाट अन्तरिक्षको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्ने चीनको उद्देश्य छ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भैरहेको छ ।

पत्रकार सम्मेलनमार्फत् सार्वजनिक योजनामा व्यावसायिक रुपको कार्यक्रमलाई पनि योजना समावेश गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ को ब्लूबुक अर्थात् नीलो पुस्तिका पनि सार्वजनिक गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया