खोटाङको दिक्तेल अस्पतालचोक–साप्सुखोला सडक स्तरोन्नति आयोजना कटौती

 फागुन २७, २०८० आइतबार १२:४८:३४ | दमन राई
unn.prixa.net

फाइल तस्बिर

खोटाङ – खोटाङको दिक्तेल अस्पतालचोक–साप्सुखोला सडक स्तरोन्नतिको काम सम्पन्न नहुँदै कटौती गरिएको छ । अस्पताल चोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) र दुबेचिवा–साप्सुखोला (४ किलोमिटर) सडक स्तराेन्नतिको काम सम्पन्न नहुँदै सडक विभागले कटौती गरेको हो ।

निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दै आएको थियो । अहिले सडक स्तरोन्नति आयोजना नै कटौती भएको सडक डिभिजन, हर्कपुरका सूचना अधिकारी इन्जिनियर सुनिल निरौलाले जानकारी दिनुभयो ।

सङ्घीय सरकारले चालु आर्थिक वर्ष अस्पताल चोक–लफ्याङको दुबेचिवा र दुबेचिवा–साप्सुखोला सडक स्तराेन्नतिका लागि बजेट बिनियोजन गरेको छैन । अस्पतालचोक–साप्सुखोला सडक स्तराेन्नतिको काम झण्डै ७० प्रतिशत सकिएपछि योजना नै कटाइएको हो ।

नाली बनाउने, ह्युम पाइप राख्ने, टेवा पर्खाल बनाउनेलगायतका स्ट्रक्चरको काम झण्डै ९० प्रतिशत सकेर ग्राभेल गर्ने चरणमा योजना कटौती भएको सडक डिभिजन, हर्कपुरले जनाएको छ । निर्माण कम्पनी ढुकुचु–बगाले–बिएण्डटी जेभीले भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पतालचोक–दुबेचिवा सडक ग्राभेल गर्ने ठेक्का लिएको थियो ।

निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी सडक डिभिजन हर्कपुर, ओखलढुंगासँग २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो । यस्तै, सगरमाथा सजिव आरएन जेभीले भ्याट सहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी दुबेछिवा–साप्सुखोला सडक खण्ड स्तरोन्नतिको ठेक्का लिएका थिए । 

सगरमाथा सजिवले २०७९ माघ १५ गते सम्ममा सम्पन्न गर्नेगरी २०७८ चैत २९ गते सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । तर गएको असारदेखि दुवै सडक खण्ड स्तरोन्नतिको काम ठप्प भएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया