शेयर बजार आज पनि घट्यो

 चैत ७, २०८० बुधबार १६:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – शेयर बजार आज पनि घटेको छ । हिजो छ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, बीमा समूह, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर  र सर्वाेत्तम सिमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार घटेका दिन ९४ लाख ४५ हजार कित्ता शेयर तीन अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया