आईपीएल क्रिकेट : मुम्बईले चेन्नईलाई ९ विकेटले हरायो, पञ्जाब ब...
बैशाख ८, २०८२ सोमबार
काठमाडौं – वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता भएका एक व्यक्तिको मलेसियामै ज्यान गएको छ ।
तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका इलामको सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको मङ्सिर १६ गते ज्यान गएको परिवारले जनाएको छ । शिवाकोटीको मृत्यु हुनुको कारण खुलेको छैन ।
शिवाकोटीको शव नेपाल ल्याउने तयारी भइरहेको छ । शिवाकोटीका श्रीमती र ६ जना छोरी छन् ।