राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे समयमा बन्द हुने

 वैशाख ७, २०८२ आइतबार १८:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

दाङ – राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्रीदेखि सल्यान कपुरकोट सडक खण्ड दिउँसोकाे समयमा बन्द हुने भएको छ ।

सडक विस्तार तथा निर्माणको कार्य चलिरहेको हुँदा भोलिदेखि १४ गतेसम्म दैनिक ७ घण्टा सडक बन्द हुने सडक डिभिजन कार्यालय दाङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) दीपेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक खण्ड बन्द हुनेछ ।

राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट बजारभन्दा केही दक्षिणको ४ किलोमिटर सडक खण्ड मर्मत तथा विस्तारको काम भइरहेको छ ।

साना तथा अत्यावश्यक गाडीले वैकल्पिक सडकमार्ग पैंयाखोरिया–सातबास–किमुचौर– कपुरकोट सडक खण्ड प्रयोग गर्न सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया