राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
काठमाण्डाै – लगातार तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६८ अङ्कले घटेर २ हजार ७ सय ६ दशमलव ०४ विन्दुमा झरेको छ । नयाँ वर्षपछि शेयर बजार पहिलो पटक घटेको हो ।
आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत् र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज हिमालयन पार्वर पार्टनर र बलेफी हाइड्रोपावर कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार पनि घटेको छ । गएको बिहीवार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका २ करोड १३ लाख कित्ता शेयर ८ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।