फाल्गुनन्द गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज फिदिम स्पोर्टि...
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङविरुद्ध राजश्व छली गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजस्व छली गरेको अभियोगमा तामाङ विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
स्काई ओभरसिज सर्भिसेजका संचालक तामाङविरुद्ध १९ करोड ५७ लाख ४३ हजार रुपैयाँ विगो जरिवाना र ३ वर्ष कैद सजाय दाबी माग गरिएको छ ।
विभागले वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीहरुबाट प्राप्त भएको आर्थिक वर्ष २०६६/०६७ देखि २०७३/०७४ सम्मजम्मा गराएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको प्रमाणित भएकाले तामाङ विरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।
बैंक खाताको विवरण, नियन्त्रणमा लिएका कागजात तथा अन्य प्रमाणहरुको अध्ययन एवं विश्लेषण गर्दा कर नतिरेको पुष्टी हुन आएको विभागको दाबी छ ।
Durga Prasad Khanal
Jan. 5, 2019, 4:50 p.m.All are Chitter.