फाल्गुनन्द गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र सलहेश यु...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।
आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १६ पैसा र बिक्रीदर १११ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिदद १११ रुपैयाँ २४ पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा तोकेको थियो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा छ । हिजो बुधबार खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियो ।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको थियो ।
बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५६ पैसा र बिक्रीदर २६ रुपैयाँ ७० पैसा छ । बुधबार खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा थियो ।
यस्तै कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १६ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३६ पैसा तोकिएको थियो ।
बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ८६ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४६ पैसा छ । हिजो खरिददर २९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६७ पैसा थियो ।
बिहीबार कोरियन वनको भाउ भने केही बढेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको थियो ।