इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आंशिक उत्पादन शुरू भएपछि विद्युत् वितरणमा केही राहत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
गएकाे असोज १२ गतेको पहिरोले क्षति पुर्याएकाे आयोजना गएरातीदेिख आंशिक रूपमा सञ्चालनमा आएको हो । आयोजनाको ४ सय ५६ मेगावाट क्षमतामध्ये अहिले १ सय २० मेगावाट उत्पादन भइरहेको छ ।
पुसभरि १ सय २५ देखि एक सय ३० मेगावाटसम्म बिजुली उत्पादन हुने र माघदेखि पूर्ण क्षमतामा सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताउनुभयो । उहाँका अनुसार बालुवा थिग्र्याउने दुई वटा पोखरीमध्ये एउटाको मर्मत सकिएर सञ्चालनमा ल्याइएको हो । अर्को पनि माघसम्ममा सञ्चालनमा ल्याउने तयारी छ ।
दिउँसो पानी थुनेर बिजुलीको माग धेरै हुने समयमा पूर्ण क्षमतामा चलाउन सकिने भएकोले हिउँदको माग व्यवस्थापनका लागि माथिल्लो तामाकोशी महत्त्वपूर्ण रहेको प्राधिकरणका प्रवक्ता घाेषले बताउनुभयो । उहाँका अनुसार माथिल्लो तामाकोशी आंशिक रूपमा सञ्चालनमा आएसँगै घरायसी उपभोक्ताका लागि लोडशेडिङ गर्नुपर्ने जोखिम हटेको छ ।
अहिले नेपालको जलविद्युत् जडान क्षमता ३ हजार ४ सय मेगावाट नाघेको छ । तर धेरैजसो आयोजनाहरू नदी प्रवाह प्रणालीमा आधारित भएकाले हिउँदका महिनामा बिजुली उत्पादन निकै घट्ने गरेको छ । अघिल्लो वर्षको हिउँदमा क्षमताको एक तिहाइ मात्रै उत्पादन भएको थियो ।
अहिले भारतबाट बिजुली आयात भइरहे पनि धेरै माग हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतले बिजुली दिँदैन । त्यसैले धेरै माग हुने समयमा ठूला उद्योगहरूमा लोडशेडिङ भइरहेको प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।