इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – ललितपुरको च्यासलमा एक युवकमाथि चक्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका तीन जनामध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ ।
सुनसरीको इटहरी घर भई ललितपुरकाे सातदोबाटो बस्दै आएका २३ वर्षीय नयन गुरुङको हत्या गरेकाे आरोपमा पक्राउ परेकामध्ये दार्चुलाका पदमलाल भट्टलाई प्रहरीले रिहा गरेको हो । प्रारम्भिक अनुसन्धानकै क्रममा पदमलालको संलग्नता नखुलेपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिनुभयो ।
प्रहरीले डडेलधुराका २६ वर्षीय हेमराज भट्ट र काभ्रेका जनकबहादुर तामाङलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बेलुका खाना खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इन्जिनियरिङ अध्ययन परीक्षामा पास भएपछि गुरुङले क्याफेमा गएर साथीहरूसँग खुशी साट्दै थिए । गुरुङको टोलीले बिल तिर्ने बेलामा विवाद भएको थियो । त्यही बेला राति सवा ९ बजेतिर उनीमाथि चक्कु प्रहार भएको हो । गम्भीर घाइते भएका गुरुङको उपचारकै क्रममा ज्यान गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।