फाल्गुनन्द गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र सलहेश यु...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – नेपालमा काम गर्न आउने विदेशीको संख्या घटेको छ । आर्थिक सर्वेक्षण २०७५ ७६ ले नेपालमा आएर काम गर्ने विदेशीको संख्या घटेको देखाएको हो ।
नेपालमा आर्थिक वर्ष २०७३/०७४ मा १ हजार २ सय ४५ जना विदेशीले श्रम स्वीकृती लिएकोमा २०७४/७५ मा १ हजार ६ सय ८ जनाले श्रम स्वीकृती लिएका थिए ।
तर आर्थिक वर्ष २०७५/०७६ मा यो संख्या घटेको छ । २०७५/०७६ को फागुनसम्म ५ सय ८० जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै ५ सय ५२ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गरेका छन् ।