फाल्गुनन्द गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र सलहेश यु...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – आज मंगलबार अमेरिकी डलरसहित रियाल, दिर्हाम र दिनारको भाउ केही घटेको छ । मलेसियन रिंगिट स्थिर छ भने कोरियन वन एक पैसा बढेको छ ।
आज मंगलबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९० पैसा र बिक्रीदर १११ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा थियो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५७ पैसा र बिक्रीदर २९ रुपैयाँ ७३ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा थियो ।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ६२ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा थियो ।
मंगलबार मलेसियन रिंगिटको भाउ सोमबार जस्तै छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा र बिक्रीदर २६ रुपैयाँ ६३ पैसा छ । यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ ।
कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४३ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १२ पैसा थियो ।
बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ १८ पैसा र बिक्रीदर २९५ रुपैयाँ ७७ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ २५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८४ पैसा थियो ।