एमालेबाट भीम रावल निष्कासित, बिन्दा पाण्डे र उषाकिरण तिम्सिना...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – मलेसियाले अवैधानिक विदेशी कामदारलाई यो वर्ष पनि आममाफीको समय दिने भएको छ ।
मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका, कागजपत्रबिहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेका नेपालीसहित सबै विदेशी नागरिकलाई आउँदो अगष्ट १ देखि डिसेम्बर ३१ सम्मको समय दिने मलेसियाको स्थानीय सञ्चार माध्यम मलाय मेलले उल्लेख गरेको छ ।
गैरकानुनी हैसियतमा मलेसियामा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्ताको अवसर दिनका लागि मलेसियाले ‘द ब्याक फर गुड प्रोग्राम’ सञ्चालन गर्न लागेको हो।
यो कार्यक्रममा समावेश हुनका लागि ७ सय मलेसियन रिंगिट तिर्नुपर्छ । साथै, यो कार्यक्रममा समावेश भएको सात दिनभित्र आधिकारिक कागज जस्तै पासपोर्ट, आपतकालीन यात्रा अनुमतिपत्र र घर फर्किने टिकट आफैंले उपलब्ध गराउनु पर्छ ।
यो कार्यक्रम मलेसियाको अध्यागमन विभाग आफैंले सञ्चालन गर्ने भएकाले कुनै पनि एजेण्ट वा बिचौलियाको भर नपर्न पनि अनुरोध गरिएको छ । यसअघि आममाफीको समयमा घर फर्काउन सहयोग गर्छु भन्दै ठगीका घटना हुने गरेका थिए । त्यसैले यसबाट बच्न मलेसियाले अनुरोध गरेको छ ।