फाल्गुनन्द गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र सलहेश यु...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – चीनको ल्याओनिङ प्रान्तमा रहेको दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार शनिबार नेपाल फर्काइएको छ ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गएको मे महीनामा यो कारखानामा काम गर्न भनी चीन गएका थिए ।
दूतावासमा जुन महिनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो प्राप्त भएपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।