भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली दूतावास कतारले आफूखुशी या कसैको उक्साहटमा परेर आफू कार्यरत कम्पनी नछोड्न त्यहाँ कार्यरत नेपालीलाई सचेत गराएको छ ।
यसरी कम्पनी छोडेर अलपत्र पर्नेहरुको संख्या बढेको भन्दै दूतावासले सूचना निकालेर सचेत गराएको हो । दूतावासका अनुसार पछिल्ला दिनमा कम्पनी छोडेपछि काम नपाएको र अलपत्र परेको भन्दै उद्धारको लागि आउने क्रम बढेको छ ।
राम्रो तलब सुविधाको आश्वासन पाएर आफू कार्यरत कम्पनी छोड्ने र नयाँ कामको लागि थप पैसा पनि तिर्ने गर्दा अलपत्र पर्ने सम्भावना हुने दूतावासको भनाई छ ।
त्यसैले पर्याप्त र ठोस आधारबिना आफू कार्यकरत कम्पनी नछोड्न दूतावासले कतारमा कार्यरत नेपालीलाई आग्रह गरेको छ ।