नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो
मंसिर १०, २०८१ सोमबार
धादिङ – छोरो घर फर्कियोस् भनेर देवीदेवता भाकल गरेको पनि ८ वर्ष भइसक्यो, न छोरो घर आउँछ, न त कसैले देखेको छ भन्छन्,’ सानुकान्छी घलेले सोध्नुभयो, ‘कमाउन गएको छोरो आफैं हरायो ।’
८ वर्षअघि मलेसिया गएका धादिङको धुनिवेशी नगरपालिका ५ का कृष्ण घले आजसम्म फर्कनुभएको छैन । मलेसिया गएका छोरा उतै हराएपछि आमा सानुकान्छीको यता भोक निद्रा हराएको छ । आँखामा आँसु ओभाएका छैनन् ।
मलेसिया पुगेको दुई वर्षसम्म कृष्णले घरमा फोन गरिरहनुहुन्थ्यो । बेलाबेलामा पैसा पनि पठाउनुहुन्थ्यो । तर त्यसपछि कृष्ण एकाएक बेखबर हुनुभयो ।
‘किन हो किन छोरो यसै टाढा भयो, उसँगै गएका साथी घर फर्किसके, मेरो छोरो कहाँ गयो होला’ आमा सानुकान्छी गहभरी आँसु पार्नुहुन्छ ।
पछिपछि भएपछि कमाइ नभएको भन्दै घरमा खर्च पठाउन सक्दिन भनेका थिए कृष्णले । कमाइ छैन भने फर्किआउ पनि भन्नुभएको थियो आमा सानुकान्छीले । अर्को वर्ष आउँछु भनेका थिए कृष्णले । तर त्यस्ता वर्ष कति आए, तर छोरो आएन भन्नुहुन्छ सानुकान्छी ।
‘हामीलाई फोन नै गर्दैन, तर गाउँतिर फेसबुकमा कुरा गर्छ रे भन्छन् कतिले, जे भए पनि उसको सञ्चो बिसञ्चोको खबर मात्रै भए पनि पाउन पाए हुन्थ्यो’ सानुकान्छी भन्नुहुन्छ ।
बाटोमा कोही नौलो मान्छे देख्दा पनि आफ्नै छोरा हो कि भनेर झस्किनुहुन्छ ।
भन्नुहुन्छ, ‘मर्ने बेलासम्म एक पटक छोरोको मुख देख्न पाए हुन्थ्यो भनेको अब त मेरो पनि मर्ने बेला भईसक्यो,’ उमेरले ७० लाग्न लागेकी सानुकान्छीलाई बुढेशकालमा छोराकै पीरले गलाएको छ ।
बुुढेशकालमा सुखैले पाल्छु भन्दै परदेशीएको छोरो एकाएक हराउँदा सानुकान्छीलाई कतै आफूबाट केही गल्ती भयो कि झैं लाग्छ ।
‘छोरो हामीले केही गल्ती गरेका छौं भने माफ गर, त्यतै बिहे गरेको भए पनि ल्याए हुन्छ,’ सानुकान्छी भन्नुहुन्छ, ‘हामीलाई तिम्रो मुख हेर्न मात्र हेर्न छ, अरु केही चाहिँदैन ।’
आमा सानुकान्छीलाई मात्रै होइन, बुवा पर्वत घलेको मन पनि उत्तिकै आत्तिन्छ । बोलाउन मिल्दैन, खबर कहाँ पठाउने । ‘छोरो सम्झेर कति दिन एकान्तमा रोएको छु, अरुको अघिल्तिर रुँदा मानिसले कमजोर ठान्लान्,’ बुवा पर्वत भन्नुहुन्छ, ‘बुढेशकालको सहारा हराउँदा कस्तो हुन्छ त्यो कसरी भनूँ ।’
कृष्णकी श्रीमती कान्छी घले पनि श्रीमान फर्किआउने आशमा बाँचिरहनुभएको छ । दुई छोराछोरीको जिम्मेवारी पनि उहाँकै काँधमा छ । खेतबारीको उब्जनीले खान पुग्दैन । कमाउन गएका श्रीमान नै हराएपछि के खाने के ले छोराछोरीलाई स्यार्हार्ने कान्छीलाई आपत आइलागेको छ ।
‘जो भनेर बसेको उ नै नभएपछि मेरो हातमा काम आउँदैन,’ श्रीमती कान्छी भन्नुहुन्छ, ‘पैसा नभए पनि मान्छे आए त यतै गरिखान हुन्थ्यो बरु ।’ कृष्ण विदेश जाँदा काखमा रहेकी कान्छी छोरी स्कुल जान सक्ने भएकी छन् ।
हुन त कान्छीले कृष्णको खोजीमा कुनै कसरत बाँकी राख्नुभएको छैन । सँगै विदेश गएका साथीभाइसँगै आफन्तलाई पनि सोधीखोजी गर्नुभयो । कम्पनीमा पनि फोन गर्नुभयो । तर कम्पनीले त्यहाँबाट काम छाडेर भागिसकेको बतायो ।
कान्छीले अहिले श्रीमानको खोजीका लागि धादिङमा रहेको सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन दिनुभएको छ । कृष्णको खोजीको प्रयास भइरहेको सामी परियोजना संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।
थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।