सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डाै – विदेश जाने नेपाली बढेपनि रेमिट्यान्स भने घटेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्कले विदेश जानेहरु बढेको र उनीहरुले नेपालमा पठाउने रेमिट्यान्समा कमी आएको देखाएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स शून्य दशमलव पाँच प्रतिशतले घटेर पाँच खर्ब १३ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा रेमिट्यान्स साढे २८ प्रतिशतले बढेको थियो ।
यस्तै अमेरिकी डलरमा आयात हुने रेमिट्यान्समा पनि शून्य दशमलव २ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो ।रेमिट्यान्स घटे पनि विदेश जानेहरु भने बढेका छन् ।
सात महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या २१ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो सङ्ख्या ३७ दशमलव ५ प्रतिशतले घटेको थियो ।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा सात महिनामा शून्य दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा वैदेशिक रोजगारीमा जानेकाे सङ्ख्या ४ दशमलव ९ प्रतिशतले बढेको थियो ।