सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – तपाईँ बेरोजगार हुनुहुन्छ र आफ्नै गाउँठाउँमा काम खोजीरहनुभएको छ ? सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई आफ्नो गाउँठाउँमा एक सय दिनको रोजगारी दिने भएको छ ।
त्यसका लागि तपाईँले यही चैत महिनाभित्र आफू बस्ने वडा कार्यालयमा निवेदन दिन सक्नुहुन्छ। वडा कार्यालयमा सबैभन्दा पहिले बेरोजगारको सूचीमा सूचीकृत हुनपर्छ।
तपाईँ छनोट हुनुभएमा पालिकास्तरमा हुने काममा तपाईँलाई खटाइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । फारम भर्न नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो, बसाइसराइ गरेर आएको भएमा त्यसको प्रमाणपत्रको फोटोकपी, पढेको भए शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपीसहित फाराम भर्नुपर्छ ।
फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।
गएको वर्ष पनि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एकलाख भन्दा धेरैलाई औसत १३ दिनको रोजगारी दिएको थियो ।