शिक्षकहरुले आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोष र कामदार उद्दार कोषमा एक/एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
कोरोना भाइरसका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै दुवै कोषमा एक, एक करोड रुपैयाँ सहयोग गर्ने संघका महासचिव सुचित कुमार श्रेष्ठले जानकारी दिनुभयो।
कोषमा वैदेशिक रोजगार व्यवसायीहरुले राखेको नगद धरौटीको २५ प्रतिशत रकम अथवा झण्डै ९५ करोडको ब्याजबाट प्राप्त हुने रकममध्ये १ करोड कोरोना नियन्त्रणका लागि स्थापित कोषमा जम्मा गरिने उहाँले बताउनुभयो । साथै अर्को एक करोड रुपैयाँ कामदार उद्दार कोषमा जम्मा गरिने महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।