साउदीका केही क्षेत्रमा २४ घण्टे कर्फ्यु

 चैत २५, २०७६ मंगलबार ११:५९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीका केही क्षेत्रमा कोरोना रोकथामका लागि २४ घण्टे कर्फ्यु लगाइएको छ ।

सोमबारदेखि रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टे कर्फ्यु लागू भएको साउदीको गृह मन्त्रालयको भनाइ उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले उल्लेख गरेको छ ।

साउदी सरकारले जारी गरेको कर्फ्युको पालना गर्न र स्थानीय अधिकारीले दिएको सेवाबाहेक कुनै पनि अवस्थामा बाहिर ननिस्कन दूतावासले अनुरोध गरेको छ । चार जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिइसकेकोले उच्च सुरक्षा सतर्कता अपनाउन र कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

 

तपाईको प्रतिक्रिया