देशका धेरै ठाउँमा आंशिक बदली : पर्सि रातिदेखि फेरि पानी प...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – मलेसियामा तरकारी किन्न बाहिर निस्किएका चार जना नेपाली श्रमिक पक्राउ परेका छन् ।
मलेसियाको जोहरबारुमा त्यहाँको स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजेतिर तरकारी किन्न बजार गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको उनीहरुसँगै बस्ने अभिषेक कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा नवलपरासीका गोविन्द चौधरी, मोरङका उमेशकुमार चौधरी, झापाका सुशील उराउ र कञ्चनपुरका रमेश राना रहेका छन् ।
लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले उनीहरुले पक्राउ गरेको हो । तर सबैसँग पास भएको र एकैपटक धेरै जना निस्किएकाले प्रहरीले पक्राउ गरेको हुन सक्ने कार्कीको भनाई छ ।
चारैजना ओसीएस पीडब्ल्यू कम्पनीमार्फत त्यहाँको एउटा विद्यालयमा हाउसकिपिङ्को काम गर्छन् । कार्कीका अनुसार पक्राउपछि चारै जनाको मोबाइल स्विच अफ छ ।
त्यहाँको नियमअनुसार पासपोर्ट बुझाएर प्रतिव्यक्ति एकहजार मलेसियन रिंगिट तिरेपछि सबै छुट्न सक्ने भनेर कम्पनी म्यानेवरले आश्वासन दिएको पनि कार्कीले बताउनुभयो ।
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |