घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनशिपको तयारी पूरा
असोज २२, २०८१ मंगलबार
काठमाण्डौ – नेपालको मुख्य श्रम गन्तब्य देश खाडी र मलेसियामा कोरोनाको सङ्क्रमण बढ्दो छ । कोरोनाको जोखिम एकतिर छँदैछ, अर्कोतिर कोरोनाको जोखिमसँगै त्यहाँ कार्यरत स्वस्थ्य नेपालीका समस्याहरु पनि बढेका छन् ।
कतिलाई खान बस्नकै समस्या भएको छ भने कतिपय श्रमिक कामबिहीन भएका छन् । कतिको पासपोर्टमा भिसाको म्याद र खल्तीमा दाम सकिएको छ । यो बेला धेरैको चाहना आफ्नै देश फर्कने छ ।
तर सरकारले अहिले जुन अवस्थामा भए पनि त्यहीँ सुरक्षित रहन भनेको छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अरु विभिन्न कारणले मृत्यु हुनेको शव पनि गन्तव्य देशमै रोकिएका छन् । खाडीका देश र मलेसियामा कार्यरत श्रमिकका यस्तै समस्या समाधानका लागि सरकारले गरिरहेको पहलकदमीबारे हामीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसित कुराकानी गरेका छौं ।
हामी एकदमै जानकार छौं । विदेशस्थित नियोगमार्फत, त्यहाँ रहेका प्रवासीहरुका विभिन्न सङ्गठनमार्फत हामीले विदेशमा कार्यरत नेपाली श्रमिकका समस्याहरुका बारेमा अध्यावधिक सूचना लिइरहेका छौं ।
केही जानकारी आइसकेपछि गन्तव्य देशका राजदूतावाससँग नियमित रुपमा अन्तरक्रिया गरिरहेका छौं र उहाँहरुले नियमित रुपमा त्यहाँको अवस्थाबारे रिपोर्ट पनि पठाइरहनुभएको छ । यस्तै सम्बन्धित देशका राष्ट्रप्रमुख, विदेश मन्त्रीहरुसँग पनि कुराकानी गरेर समस्या समाधानका लागि पहल गरिरहेका छौं ।
यहाँलाई थाहै छ, हामी यतिबेला कोरोनाले निम्त्याएको विश्वव्यापी महामारीको विरुद्ध साझा लडाइमा छौं । यो कुनै देश विशेषको मात्र लडाईं होइन । यस्तो महामारीको बेला तथा संकटको बेला, आफ्नो देशको भूगोलभित्र रहेका सबै नागरिकको चाहे ती स्वदेशी हुन् या विदेशी सुरक्षाको जिम्मेवारी सम्बन्धित देशकै हुने गर्छ ।
अहिले विश्वका सबै देशहरुले पनि त्यही नै गरिरहेका छन् । खाडी देशका सरकार प्रमुखसँग सम्माननीय प्रधानमन्त्रीज्यूले कुरा गर्नुभएको छ, मैले पनि साउदीका विदेशमन्त्रीहरुसँग कुरा गरेको छु ।
त्यहाँ हामीहरुले मुख्य तीनवटा कुराहरु उहाँहरुलाई आग्रह गरेका छौं । पहिलो त्यहाँ नेपाली नागरिकहरुको कसैको भिसा अवधि सकिएको छ, कसैको करार अवधि सकिएको छ भने कोही ओभरस्टै भएर अवैधानिक भएर बस्नुभएको छ ।
यसैले यी र यस्ता कारणले कोही नेपाली कानुनी रुपमा अप्ठ्यारोमा नपरोस् भनेर हामीले आग्रह गरेका छौं । हाम्रो आग्रहलाई बुझेर उहाँहरुले पनि तीन महिनाको लागि भिसाको अवधि बढाइदिने भनेर निर्णय गर्नुभएको छ । यूएईले त अझ सन् २०२ भरी नै भिसाको म्याद कायम रहने भनेर भनेको छ ।
यस्तै उहाँहरुले नेपाली श्रमिकलाई मेहनती, इमान्दार भनेर प्रशंसा गर्दै आफ्नो देशको नागरिकसरह उपचारको व्यवस्था गर्छौं भनेर पनि आश्वासन दिनुभएको छ । महामारीले विश्वव्यापी आर्थिक संकट निम्त्याउने पनि सम्भावना छ ।
हुनसक्छ कति कम्पनीहरु टाट पल्टिएलान्, हुन सक्छ कति कम्पनीहरु बन्द हुने अवस्थामा आउलान् । त्यस्तो अवस्थामा रोजगारी सकभर त गुम्नै नपरोस्, तर कदमकदाचित त्यस्तो अवस्था आएछ भने पनि न्यूनतम सुविधा नपाउने, खानै नपाउने, बस्नै नपाउने अवस्था नआओस् भनेर हामीहरुले आग्रह गरेका छौं । हामीले कुरा गरेका सबै सरकार प्रमुख र विदेशमन्त्रीहरुले पनि त्यही गर्छौं भनेर आश्वासन दिनुभएको छ । त्यही भएर विभिन्न देशमा रहनुभएका नेपाली श्रमिकहरुले रोजगारी नै गुम्ने पो हो कि, खान बस्नै नपाइने हो कि भनेर चिन्ता लिनु पर्दैन ढुक्क भएर बस्दा हुन्छ ।
यो महामारी हो । ठूलो महामारी आएको बेलामा सबै ठाउँ ध्यान नपुगेको पनि हुन सक्छ । कतिपय ठाउँमा अस्पताल पुग्न नसकेको अवस्था होला, कतिपय ठाउँमा महिना पुगिसक्दा पनि तलब नपाएको अवस्था हुन सक्छ । यस्ता केही छुटफुट समस्या आउन सक्छन् । हामीलाई पनि केही कुरा जुटाउन हम्मेहम्मे परेको छ भने त्यहाँ पनि यस्तो समस्या छैन भनेर भन्न सकिन्न ।
त्यही भएर नआत्तिन म अनुरोध गर्न चाहन्छु । कोरोना संक्रमण फैलिने असाध्यै छिटो भए पनि झण्डै ९७ प्रतिशतलाई आफैं निको हुन्छ । त्यही भएर नआत्तिनुहोला, सकिन्छ आफ्नै कम्पनीसँग कुराकानी गर्नुहोला । यस्तै त्यहाँ रहेका नेपाली दूतावासका हटलाइन सेवाहरु छन् उहाँहरुसँग कुरा गर्नुहोला । मलेसियामा २४ सै घण्टा घटलाइन सेवा छ । यस्तै कोरियाले तीन महिनाको भिसा अवधि थपेको छ । यी सबै सूचनाहरु लिनुहोला । मन दह्रो बनाएर बस्नुहोला ।
त्यस्तो कहीँकतै भएको छ भने मैले तुरुन्तै चेक गर्नेछुं । यस्तो हुनु पनि हुँदैन । दूतावास भनेको नै त्यहाँ रहेका नेपालीहरुको लागि सेवा गर्नकै लागि स्थापना गरिएका हुन्छन् । तर कहिलेकाहीँ लगातार कुरा भइरहँदा र एक ठाउँबाट फोन आइरहँदा अर्को फोन उठ्न नसक्ने हुनसक्छ । तर जहाँसम्म मलाई लाग्छ दूतावासले रेस्पोन्स नगर्ने भन्ने कुरा हुँदैन ।
मैले दिनहुँजसो त्यहाँका राजदूतहरुसँग कुरा गरिरहको हुन्छु । उहाँहरुले आफूले गरिरहेको प्रगतिको बारेमा, दैनिक गतिविधिको बारेमा, कति गुनासा सुनियो कति गुनासाको सुनुवाइ भयो भनेर दैनिक रिपोर्ट पनि पठाउनुहुन्छ । कहीँकतै त्यस्तो कतै भएको छैन भने हामी प्रवन्ध गर्छौं । तपाईं समस्यामा हुनुहुन्छ भने दूतावासमा सम्पर्क चाहिँ गर्नुहोस् ।
उहाँहरुको त्यो भावनालाई म बुझ्छु । कहिलेकाहीँ अप्ठ्यारो परेको बेला मनमा त्यस्ता भावनाहरु आउँछन् । तर त्यो बुझाइ चाहिँ सही होइन । व्यवहारिक ढंगले हेरौं न । अहिले देशको कुल जनसङ्ख्याको १५ प्रतिशत जनसङ्ख्या देश बाहिर छ । त्यसमा भारतकोसमेत जोड्ने हो भने ५० लाख भन्दा बढी जनसङ्ख्या बाहिर छ ।
अब कोरोना सङ्क्रमणबाट संसारको कुनै देश पनि जोगिएको छैन । दुईसय १० देशमा कोरोना सङ्क्रमण फैलिसकेको छ ।
नेपाली धेरै गएका, बाक्लो बसोबास भएको भारत आक्रान्त छ । डेढ लाख जति बस्ने जापान, त्यति नै बस्ने अष्ट्र्लिया आक्रान्त छ । त्यस्तै कोरिया, मलेसिया र खाडी देशहरु कोरोनाबाट आक्रान्त छन् । कुनै देश पनि अछुतो छैनन् ।
कल्पना गर्नुहोस् यी सबै देशबाट नेपालीहरु स्वदेश फर्कन चाहनुभयो भने के अहिले स्वदेश फर्कन सम्भव छ र ? के त्यो सुरक्षित छ र ? यात्रा त कतिपय ठाउँमा असुरक्षित छन् । कतिपय ठाउँमा उडानहरु बन्द छन् । हामीले कतिपय ठाउँमा उडान खोल्यौं भने अर्को देशले बन्द गर्ने अवस्था छ ।
यसकारण अहिलेको बाध्यात्मक अवस्थामा हामीले तपाईंहरुलाई आआफ्नो ठाउँमा बस्नुहोस् भनेका हौं । तपाईंहरुले गरेको योगदानलाई अवमूल्यन गर्ने काम सरकारले गर्ने कुरै भएन । तर सबै हतारिएर आआफ्नो ठाउँबाट हिँडेर न त सकुशल आइपुग्न सक्छौं, न त त्यो समस्याको समाधानको उपाय नै हो ।
नेपालमा तपाईंहरुका परिवार पनि सुरक्षित हुने कुुरा पनि त ठूलो होला नि । बाहिरबाट सङ्क्रमण बोकेर ल्याएर हरेक परिवार सङ्क्रमित भयो भने त सम्भव हुँदैन होला नि । विदेशबाट आउने सबैमा कोरोना हुन्छ भनेको होइन, तर तपाईँमा नभए पनि यात्रा गर्दा सङ्क्रमित कोहीसँग भेट भयो भने त सर्न सक्छ । त्यसैले यात्रा जोखिम छ । बाहिरबाट आएकाहरुलाई क्वरेण्टीनमा राखौं भनेर पनि भन्न सकिन्छ । तर ५० लाखलाई क्वरेन्टीनमा राख्न व्यवहारिक हिसाबले सम्भव होला कि नहोला ? यी सबै कुरालाई बराबर पाटोमा राखेर बुझ्न म आग्रह गर्छु ।
दुःखको बेलामा मन अत्तालिन्छ, उहाँहरुले त्यस्तो सम्झिनु स्वभाविक होला । अलिकति मनोवैज्ञानिक त्रास पनि छ । तर भोलि के हुन्छ भन्न सकिन्न । विश्व अर्थतन्त्रमा भयानक मन्दी आउने अनुमान अहिले विश्व बैंकले, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतले गरिरहेका छन् ।
भोलिको अवस्था आफ्नो ठाउँमा छ । त्यतिबेला के गर्ने भन्ने कुरा आफ्नो ठाउँमा छ । तर अहिलेको अवस्थामा हामीले सबैभन्दा ठूलो कुरा जीवनरक्षा हो । हामी जो जहाँ छौं सुरक्षित भएर बसौं, विश्व स्वास्थ्य संगठनका निर्देशनहरु तथा सम्बन्धित देशले निर्देश गरेका नियमहरुको पालना गरौं भन्न चाहन्छु ।
अहिले हामीले गर्नुपर्ने बाटो भनेको यही हो । भोलि नयाँ खालको परिस्थिति विकास भयो भने सरकार सबै नागरिकको अभिभावक नै हो । यसले त्यस्तो प्रतिकूल अवस्थामा के गर्ने भनेर आवश्यक छलफल गर्ने नै छ ।
तर अहिलेको अवस्थामा संसारभर महामारी फैलिएको अवस्थामा हामी सुरक्षितसाथ देश फर्किन सक्दैनौं र त्यो समस्याको समाधान पनि होइन ।
हामीले सम्बन्धित देशका सरकारसँग मिलेर काम गर्नुपर्छ । जस्तो नेपालमा पनि विभिन्न देशका नागरिकहरु हुनुुहुन्छ, पर्यटकहरु हुनुहुन्छ । हामीहरुले जसरी उहाँहरुको सुरक्षा गरिरहेका छौ, त्यसरी नै विभिन्न देशमा रहनुभएका नेपाली नागरिकको सुरक्षा त्यहाँको सरकारले गर्ने नै छ । संकटको बेला मन धैर्य गरेर बसिदिनुहोला भनेर आग्रह गर्न चाहन्छु ।
कोरोनाकै कारणले मृत्यु भएको शवको स्वदेश ल्याउन त्यति सम्भव छैन । तर पनि हामीले यसबारे कुनै निर्णय गरिसकेका छैनौं । विभिन्न देशमा दूतावससँग हामीले कुरा गरिरहेका छौं । दूतावासले त्यहाँको सरकारसँग कुरा गरिरहेको छ ।
किनभने शवको व्यवस्थापन पनि त्यही ढंगले गर्नुपर्ने हुन्छ । शव उठाउनेदेखि लिएर त्यसको दाहसंस्कारसमेत सम्पूर्ण रुपले सुरक्षित पीपीई लगाएका विशेष टिमले गर्नुपर्ने भएकाले त्यो शवलाई सुरक्षित साथ घरपरिवारसम्म पुर्याउन कति सहज छ, त्यसको प्राविधिक पाटोका बारेमा हामीले अध्ययन गरिरहेका छौं । अहिले हामी कुनै निश्कर्षमा पुगेका छैनौं ।
अरु कालगतिले बित्नुभएका नेपालीको हकमा चाहिँ हामी अलिकति सहज हुनेबित्तिकै सम्बन्धित परिवारकोमा ल्याउने प्रवन्ध गर्छौं ।
यस्तो दुःखको बेलामा आफ्नो आफन्तको शव पनि बुझ्न नपाउनु निकै पीडादायी कुरा हो । तर एउटा असमान्य अवस्था हो र असमान्य अवस्थामा हामीले त्यसअनुसारकै सोच बनाउनुपर्छ । सामान्य अवस्थामा बनाएका सोचहरु सामान्य अवस्थामै काम लाग्छन् । अलिकति सहज हुने बित्तिकै हामी शव स्वदेश ल्याउने प्रक्रिया थाल्नेछौं ।
पहिलो कुरा त नेपाली भनेपछि दुःखमा खारिएको र जस्तोसुकै आँधीहुरीले हल्लाउन नसक्ने सतिसालजस्तो हो । म दाजुभाइ दिदीबहिनीहरुलाई पाँच वर्ष अगाडि फर्केर हेर्न आग्रह गर्छु । त्यस्तो विपतको बेलामा पनि हामी दह्रो बनेर उभियौं ।
त्यसपछि पनि हामीले विभिन्न दुःख पायौं । कहिले नाकाबन्दी भोग्यौं, कहिले अरु समस्या भोग्यौं । हरेक कठिनाइको सामना गर्दै अगाडि आएका हौं र यो कठिनाइलाई पनि हामी जित्छौं । एक न एकदिन यो परास्त हुन्छ, दुई महिना जाला, तीन महिना जाला सधैंभरी यो रहिरहँदैन । यस्तै हामी आफैं सङ्क्रमितको नजिक नगएसम्म त्यो आफै हामीकहाँ आउने होइन । हामी सतर्क भयौं भने हामीलाई सङ्क्रमण हुँदैन भनेर आश्वस्त गराउन चाहन्छुं ।
यदि सङ्क्रमण भइहाल्यो भने पनि निको भइन्छ । तपाईँ कार्यरत देशमा पनि त सङ्क्रमित नेपाली निको हुनुभएको छ । अलिकति चिन्ता सबैलाई छ । विश्व आर्थिक मन्दी हुने अवस्था छ । यसको असर के हुन्छ, रोजगारी के हुने होला भन्ने चिन्ता सबैलाई छ ।
त्यसको बारेमा हामीसँग सोच्ने समय छ । एकतर्फ ढोका बन्द भयो भने अर्कोतर्फ खुल्छ भनेझैं स्वदेशमै आएर पनि आफ्नो माटो खनेर, बाँझाखेतबारी खनेर पनि बाँच्न सकिन्छ । हामीले यो चुनौतीलाई अवसरको रुपमा पनि परिवर्तन गरौंला । त्यसका निम्ति तपाईं हामी बसेर सोचौंला ।
अहिलेको लागि चाहिँ यो सङ्क्रमणबाट कसरी बच्ने भन्नेमा नै केन्द्रित रहनुहोला । भविष्यको बारेमा धेरै सोचेर चिन्तित नहुनुहोला भन्न चाहन्छु । तपाईँलाई परेको समस्या समाधानका लागि सरकार तपाईँहरुको साथमा छ ।
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |
kushal kshetri
April 15, 2020, 6:44 p.m.देश फर्किन सम्भव छैन क्यारे काम नभए पनि, पैसा नपाए पनि , खान नपाए पनि विदेश मै ढुक्क भएर भोकै बस्दा हुन्छ हैन त प्रदीप कुमार सर ?? गल्फमा रहेका नागरिक जान्न चाहन्छन्...