सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०ले संकटको बेला रोजगारदाता र श्रमिकबीच सुमधुर सम्बन्ध हुनुपर्ने जनाएको छ ।
आईएलओले गरेको एक अध्ययन ‘द्वन्द्व र विपत्तिको व्यवस्थापन : रोजगारदाता र श्रमिक संगठनबीचको सहयोग अन्वेषण’ले मानवीय तथा प्राकृतिक विपत्तिलाई कम गर्न दुई पक्षबीचको आपसी सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको हो ।
दुईटा पक्षबीचको मजबुत सम्बन्धले नै कोभिड १९ जस्तो महामारीसँग जुध्न सहयोग हुने भन्दै यस्तो समयमा एकअर्काको सहयोगी बन्न आईएलओले आग्रह गरेको छ ।
अहिले विश्वभरी फैलिरहेको कोरोनाले व्यापार व्यवसाय, रोजगारी र मानिसको जनजीवनमा प्रभाव पारेको छ ।
यस्तो संकटको बेला रोजगारदाता र श्रमिक संगठन तथा श्रमिकबीचको आपसी समझदारीले आर्थिक तथा सामाजिक विकासलाई बढावा दिन सकिने आईएलओले जनाएको छ ।