विदेशमा अलपत्र नेपालीबारे सरकार पूर्णरुपमा जानकार छ : परराष्ट्रमन्त्री ज्ञवाली

 वैशाख ८, २०७७ सोमबार २१:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुपमा जानकार र सचेत रहेको बताउनु भएको छ । 

कोरोना भाइरसले बढी प्रभावित ११ देशका गैर-आवासीय नेपाली संघ(एनआरएन)काअध्यक्षसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै मन्त्री ज्ञवालीले नेपालमा लकडाउन लम्बिँदै गएकाले विदेशमा रहेका नेपाललाई तत्काल स्वदेश फर्काउन नसकिएको बताउनुभयो । 

उहाँले  अवस्था अनुकूल हुनेबित्तिकै नेपाल फर्काउन प्रक्रिया थाल्ने बताउनुभयो । मन्त्री ज्ञवालीले  मुख्यतया खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने विषयमा सरकार सकरात्मक रहेको बताउनुभयो । 

कूटनीतिक नियोग र एनआरएनसँगको छलफलबाटै समस्याको समाधान निकाल्ने भन्दै मन्त्री ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गर्नुभयोे ।

तपाईको प्रतिक्रिया