सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – साउदी अरबमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीका गुनासा सुन्नको लागि छुट्टै टेलिफोन सेवा सञ्चालन गर्ने भएको छ ।
फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासाहरु पठाउन कठिन भएको भन्ने जानकारी प्राप्त भएकाले समस्यामा परेका नेपालीको विवरण टेलिफोनबाट समेत लिने गरी तयारी भएको दूतावासले जनाएको छ । दूतावासका अनुसार अप्रिल २७ तारिख देखि गुनासा सुन्नको लागि मात्र दुईवटा टेलिफोन नम्बरको व्यवस्था गर्न लागिएको छ ।
गुनासा सुन्नको लागि नयाँ टेलिफोन नम्बरको व्यवस्था गरे पनि समस्यामा परेका नेपाली श्रमिकले दूतावासको फेसबुक, इमेल, ह्वाट्सएप लगायतबाट पनि आफ्नो विवरण टिपाउन सक्नेछन् ।
समस्या दूतावासमा टिपाएर समस्या समाधानमा सहयोग गरिदिन दूतावासले आग्रह गरेको छ ।
यसरी संकलन गरिने विवरण दूतावासको अभिलेख र वास्तविक समस्या समाधानमा महत्वपूर्ण हुने भएकोले कोरोना भाइरसको संक्रमणबाट सिर्जना भएको संकटको यस घडीमा समस्याको वास्तविक सूचना दिन पनि दूतावासको अनुरोध छ ।