जय ट्रफी एलिट कपमा आर्मी र बाग्मतीबीचकाे खेल बराबरी
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – कुवेतमा थप २२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ ।
थप २२ जना गरी मंगलबारसम्ममा कुवेतमा जम्मा ५१ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
‘कुवेतमा सङ्क्रमण बढिरहेको छ, तर यहाँको सरकारले उपचार पनि आफ्नो नागरिक सरह नै गरिरहेको छ, स्वास्थ्य अवस्था स्थिर नै छ भन्ने जानकारी पाएका छौं,’ राजदूत भण्डारीले भन्नुभयो । कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन् ।
मंगलबारसम्ममा कुवेतमा ३४ सय ४० जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ११ सय ७६ जना उपचारपछि निको भएका छन् भने २२ सय ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा २०६ जना नेपाली नागरिकमा काेराेना सङ्क्रमण देखिएकाे छ । जसमध्ये १९७ जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निकाे भएर काममा फिरेका छन् भने यूएईमा काेराेनाका कारण दुई जनाकाे ज्यान गएकाे छ ।
अहिलेसम्म बहराइनमा १२१, यूएईमा १२, साउदीमा ४, कुवेतमा ५१, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा २०६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे हाे । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।