विपद् पुनर्निर्माणलाई छिटो, छरितो र प्रभावकारी बनाउन ‘विपद् पु...
पुस ९, २०८१ मंगलबार
यूएई - यूएईको सोनापुर मजदूर क्याम्पमा आइतबार कोरोना भाइरसको परीक्षण गरिने भएको छ । दुबई पुलिसको सहयोगमा स्थानीय स्वास्थ्यटोलीले त्यस क्षेत्रमा कोरोनाको नि:शुल्क परीक्षण गर्ने भएको हो ।
सोनापुरको मजदूर क्याम्प छेउमा रहेको मदिना हाइपर मार्केटको बस स्टेसन नजिक स्वास्थ्य परीक्षणका लागि शिविर राखिने छ ।
शिविरमा त्यस क्षेत्रमा कार्यरत विभिन्न कर्पोरेटहरुमा कार्यरत कामदार सहभागी हुन पाउनेछन्।
दुबई पुलिसको द्रूत उद्धार टोलीले यूएईमा दर्ता भएका संस्थाको उद्धार तथा राहत टोलीलाई दिएको जानकारी अनुसार आइतबार साँझ ८ बजेपछि (यूएईको समय अनुसार) नि:शुल्क परीक्षण गरिने नेपाली समुदायको उद्धार तथा राहत वितरणमा खटिनुभएका एनआरएन यूएई उपाध्यक्ष पाशाङ शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।
मो. जमील मन्सुर
May 3, 2020, 11:14 a.m.एकदम राम्रो काम हो यो। यु ए इ मा एउटा व्यक्ती को ४२५ दिर्हम लिन्छ। यु ए इ को जेबेल अलि स्टेट मा पनि मजदुरहरुको स्वस्थ्य जाँच पनि निशुल्क होस।