साउदी आफ्नो आवासभन्दा बाहिर भेला भए ५० हजार रियालसम्म जरिवाना

 बैशाख २७, २०७७ शनिबार ११:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा हुनुहुन्छ भने बाहिर निस्कंदा वा भेला भएर बस्दा सावधानी अपनाउनुहोला ।

साउदीको आन्तरिक मामिला मन्त्रालयले कोही पनि श्रमिक आफ्नो आवासभन्दा बाहिरका आवासीय भवन वा बन्दै गरेका भवनहरु वा इस्तारा वा फार्महरुमा भेला भएको भेटिएमा साउदी रियाल ५० हजारसम्म जरिवाना गर्ने निर्णय गरेका त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

यो निर्देशन नमानेमा जरिवाना बढ्दै जाने र अरु सजायसमेत हुने उल्लेख छ । त्यसैले यी ठाउँमा जम्मा नहुन दूतावासले साउदीमा कार्यरत सबैलाई अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया