रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – विदेशमा कोरोनाबाट निको हुने नेपालीको सङ्ख्या बढेको छ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको हप्ता विदेशमा ९ हजारभन्दा बढी नेपालीले कोरोनालाई जितेका हुन् ।
यस्तै विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण र सङ्क्रमणबाट मृत्यु हुने क्रम पनि कम हुँदै गएको छ ।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले गएको एक सातामा विदेशमा रहेका नेपालीको कोरोना सङ्क्रमणको अवस्थामा उल्लेख्य मात्रामा कमी आएको जनाएको छ । गएको साता कोरोनाबाट विदेशमा रहेका कोही नेपालीको पनि ज्यान गएको छैन ।
शनिबार साँझसम्म विश्वका विभिन्न देशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गएको साता पहिलो पटक अफ्रिकी देशमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संघका अनुसार कोरोना संक्रमणले अहिलेसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।
कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ ।