विपद् पुनर्निर्माणलाई छिटो, छरितो र प्रभावकारी बनाउन ‘विपद् पु...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – मलेसियाबाट पहिलो चरणमा ३१ सय ७५ जनालाई स्वदेश फर्काइने भएको छ । मलेसियामा रहेको नेपाली दूतावासले असार २, ४, ६ र ७ गते हुने चार्टर्ड उडानमार्फत फर्कने ३१ सय ७५ नेपालीको नामावली सार्वजनिक गरेको हो ।
सरकारले तोकेको प्राथमिकता अनुसार दूतावासले सुत्केरी, गर्भवती, बिरामी, सिकिस्त बिरामी परेका पुरुष, अध्ययनका लागि रहेका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रहेकाहरु, रोजगारी भिसामा रही भिसा अवधि सकिएका, कोरोनाको कारण रोजगारी गुमाएका, सामान्य रुपमा बिरामी भएको पुरुषहरु, आफन्तको मृत्यु भइ घर फर्कन पर्नेहरु, घर फर्कन चेक आउट मेमो र टिकट लिएर अलपत्र परेका रोजगारी भिसामा रहेका र कम्पनीबाट रोजगारीसहित लामो बिदाको सुविधा पाएकाहरु रहेका छन् ।
सरकारले विदेशबाट घर फर्कने नेपालीले कोरोना जाँचको रिपोर्ट नेगेटिभआएको प्रमाणपत्र साथमा राख्नुपर्छ । मलेसियाबाट चार्टर्ड जहाजमार्फत फर्कने नेपालीले कोरोना जाँच पनि आफ्नै खर्चमा गर्नुपर्छ ।
सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरडिटी जाँच आफू नजिकै रहेको निजी क्लिनिक या अस्पतालमा गएर गर्न सकिन्छ । अहिले मलेसियामा कोरोना जाँचको रिपोर्ट आउन २४ देखि ३६ घण्टा लाग्ने गरेको र यसबारेमा थप जनाकारी दिइने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
मलेसियाबाट सबै उडानहरु क्वालालाम्पुर विमानस्थलबाट हुनेछ । यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने उडान हुनुभन्दा चार घण्टाअघि नै विमानस्थल पुग्नुपर्नेछ।
मलेसियामा अवैधानिक भएर बसेकाको लागि भने मलेसिया सरकाले अहिले आममाफीको कार्यक्रम सञ्चालन नगरेकाले उनीहरु फर्कन पाउने छैनन् ।
नरेश कुमार गैरे
June 15, 2020, 3:48 p.m.मेरो भिसा 13/4/2020 मा सकिइ को हुनाले म घर जानुपर्ने भएको ले मेरो कन्ट्याक्ट् पनि सकिसक्यो 5 Year
Amar rijal
June 14, 2020, 9:32 p.m.दोश्रो लट कहिले हुन्छ ??