विपद् पुनर्निर्माणलाई छिटो, छरितो र प्रभावकारी बनाउन ‘विपद् पु...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – बहराइनमा रहेको नेपाली दूतावासले पहिलो प्राथमिकतामा परेर नेपाल फर्किनेहरुको सूची सार्वजनिक गरेको छ । असार ७ गतेको पहिलो उडानमा २५६ जना नेपाली स्वदेश फर्किने दूतावासले जनाएको छ ।
बहराइनको मनामाबाट काठमाण्डौको लागि असार ३ गते भनिएको उडान सरेर असार ७ गते अर्थात जुन २१ तारिखमा हुने भएको हो ।
प्राथमिकतामा नाम परेकाहरुलाई नेपाल एअरलाइन्सले तोकेको नेपालस्थित प्रतिनिधि रमेश पाण्डेलाई मोबाइल नम्बर +९७७९८४९६३३८७९ (भाइबरमा पनि उपलब्ध) अथवा उहाँको इमेल [email protected] मा सम्पर्क गरी टिकट खरिद गर्न दूतावासको अनुरोध छ ।
यात्रुहरुले नेपालमा रहेका परिवारमार्फत पनि माथि उल्लेखित ठेगानामा सम्पर्क गरेर टिकट काट्न सकिने दूतावासले जनाएको छ ।
बहराइनदेखि नेपालसम्मको चार्टड उडानको टिकटदर अमेरिकी डलर ३९२ अर्थात बहराइनी दिनार १४८ तोकिएको छ ।
नेपाल सरकारले हवाइ यात्रा गर्नको लागि कोभिड १९ परीक्षण अनिवार्य गरेकाले कोभिड १९ परीक्षण गरेर मात्र टिकट काट्न दूतावासको आग्रह छ ।