शिक्षकहरुले आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – साउदीबाट आउँदो असार ४ गते बिहीबार हिमालय एअरलाइन्सले उडान भर्ने भएको छ ।
यो उडानमार्फत नेपाल फर्कनका लागि २२३ जना नेपाली प्राथमिकतामा परेको र त्यो सूची हिमालय एअरको साउदीमा रहेको कार्यालयलाई बुझाइएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यो उडानबाट नेपाल फर्कन ४६५ डलर अमेरिकी डलर अर्थात झण्डै १७ सय ४४ भाडादर तोकिएको छ । टिकट काट्नका लागि साउदीमा रहेको हिमालय एअरका प्रतिनिधि सुवास तिमिल्सिनालाई ००९६६५९८४००१९८ मा सम्पर्क गर्न सकिन्छ ।
विदेशबाट फर्कने नेपालीको साथमा अनिवार्य कोरोना जाँचको रिपोर्ट हुनपर्ने भएकाले टिकट बुक गरेपछि मात्र कोरानो जाँच गराउन अनुरोध दूतावासले गरेको छ । सकभर आफ्नो कम्पनीमार्फत कोरोनाको जाँच गराउने व्यवस्था गर्न र यो पायक नभएमा आफूलाई पायक पर्ने ठाउँमा गएर कोरोना जाँच गराउन भनिएको छ ।