सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – थाइल्याण्डको बैंककबाट २४६ जना नेपाली स्वदेश फर्किएका छन् ।
नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत दुई जना दुई वर्ष मुनीका बालबालिकासहित २४६ जना स्वदेश फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । नेपाल एअरलाइन्स आज बिहान १६ जना यात्रु लिएर बैंकक उडेको थियो ।
आजै कुवेतबाट १५० जना नेपाली महिला पनि स्वदेश फर्किएका छन् । कुवेतमा आममाफीमा सहभागी उनीहरुलाई कुवेतले जजिरा एअरलाइन्समार्फत काठमाण्डौसम्म ल्याइदिएको हो । फर्कने नेपालीको खर्च कुवेत सरकाले नै व्यहोरेको छ ।
यस्तै बंगलादेशको ढाकाबाट पनि दुई जना दुई वर्ष मुनीका बालबालिकासहित १५५ जना आज स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।
आजै राती साढे आठ बजे सिङ्गापुरबाट १४६ जना यात्रु लिएर हिमालय एअरलाइन्स त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ । जहाज सिंगापुरबाट उडिसकेको छ ।