विदेश जाने टिकट छ ? निषेधाज्ञा भए पनि पासपोर्ट, भिसा र टिकट देखाएर विमानस्थल जान पाइने

 भदौ ४, २०७७ बिहिबार ८:२५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निषेधाज्ञाको समयमै तपाईँको विदेश जाने टिकट छ ? छ भने तपाईँ ढुक्कसँग विमानस्थलसम्म जान पाउनुहुन्छ ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भए पनि अत्यावश्यक कामसँगै हवाई उडानबाट विदेश जानेलाई विमानस्थलमा जान दिने सरकारले जनाएको छ । पासपोर्ट, भिसा र हवाई टिकट निश्चित भएकाहरुलाई प्रहरीले रोक्ने छैन ।

आवश्यक परेमा प्रहरीले पासापोर्ट भिसा र टिकट जाँच गर्न सक्नेछन् ।

उडान हुनेहरु आफ्नो समयमा सिधै विमानस्थल जाने सवारी साधानको प्रयोग गरी विमानस्थल जान सहजीकरण गर्न सकिने निर्णय भएको छ । त्यसैले यी कागजात साथमा राखेरै विमानस्थल जान सकिनेछ ।

काठमाण्डौ उपत्यकामा जोखिम बढेसँगै अत्यावश्यक कामबाहेक बाहिर निस्कन निषेध गरिएको छ ।

2 Comments

  • खेमराज थिङ

    Aug. 21, 2020, 1:31 a.m.

    बिदेशदेखि भएनभयको ऋण जोरजाम गरि सारा तयारी साथ घरपरिवारलाई आज पुग्छु भनेर स्वदेश जान एअरपोर्ट गएका सयौं नेपालिलाइ अन्तिम समयमा आए्रर उड्डयन रद्ध गरि बिमान रित्तो फर्काउने कहि नभएको तमासा देखाइ नेपालिलाई दुख दिने ती नालायकहरुलाई नेपाल देखि टिकट भएको खण्डमा एअरपोर्ट जान पाउने कति निर्लज्ज भद्दा पाखन्डिहरुले नेपालमा राज गर्दैछ ?? अरबौको कयौं भ्रष्टाचार काण्ड मच्चाउन सक्ने नालायकहरुले कुशल व्यवस्थापन भन्ने काहँबाट सिक्लान। छिमेकी देश चीनले रातरात हजारौ सय्याको हस्पिटल बनाउन सक्छ ,नेपालको नालायकहरुले ६,८ महिनामा२,३ साय मानिस अटाउने शेल्टर बनाउन नसक्ने ? कठै हामी नेपाली यिनिहरुको कारणले गर्दा गर्वले नेपाली हुँ भन्न लाज लाग्छ 😥😥

  • lokraj sharma

    Aug. 20, 2020, 8:32 a.m.

    यो भ्रष्ट सरकार खाली रेलिटेन्सको पछि परेको छ /

तपाईको प्रतिक्रिया