हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लग...
बैशाख ४, २०८२ बिहिबार
काठमाण्डाै – गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा भोजपुरको अरुण गाउँपालिका–५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–४ घर भएका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन् ।
उनीहरूविरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।