सान्जेन खोला जलविद्युत् परियोजना शुरू

 चैत २७, २०८१ बुधबार १५:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सान्जेन खोला जलविद्युत् परियोजना शुभारम्भ भएको छ । ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, चिनियाँ राजदूत र इन्जिनियरलगायतका चिनियाँ टोलीले आज परियोजनाको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासले देश समृद्ध बन्ने बताउँदै १० वर्षभित्रमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकारले काम अघि बढाइरहेको उल्लेख गर्नुभयाे । दुई ठूला छिमेकी देशहरू भारत र चीनसँगको सहकार्यमा अघि बढ्दै नेपालको ऊर्जा क्षेत्रको विकास गर्ने उहाँको भनाइ छ ।

मन्त्री खड्काले जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको दाबी गर्नुभएको छ । उहाँले घरायसी ग्राहकले लोडशेडिङ भाेग्न नपर्ने जिकिर गर्नुभयाे । विद्युत् प्राधिकरणको आर्थिक अवस्था राम्रो नरहेको भए पनि सुधार गर्नसक्ने ठाउँहरू प्रशस्तै रहेको उहाँको भनाइ छ ।

एशियाकै उत्कृष्ट  इन्जिनियर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका भन्दै मन्त्री खड्काले आर्थिक सुशासन कायम गरेर लोडशेडिङ हुन नदिई जलविद्युत् क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया