हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लग...
बैशाख ४, २०८२ बिहिबार
अर्घाखाँची – अर्घाखाँचीमा विश्वको प्राचीन भाषा संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य तपोभूमि पाणिनिलाई विश्व सामु चिनाउन राष्ट्रियस्तरको ‘पाणिनि तपोभूमि सम्मेलन २०८१’ शुरू भएको छ ।
सम्मेलनको पाणिनि गाउँपालिका १ र २ को सिमानामा रहेको तपोभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयाे । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, धर्मगुरु तथा संस्कृतका भाषाविद्हरूको उपस्थिति थियो ।
आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलन लुम्बिनी प्रदेश सरकारकाे उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।