सेप्टेम्बर ११ मा ओमनबाट नेपाल फर्किनेको सूची सार्वजनिक

 भदौ १८, २०७७ बिहिबार २०:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँचौ उडानमार्फत ओमनबाट नेपाल फर्किनेहरुको सूची सार्वजनिक भएको छ ।

सलाम एअरको सेप्टेम्बर ११ को पाँचौ उडानमार्फत स्वदेश फर्किनको लागि प्राथमिकतामा परेका १८० जनाको सूची सार्वजनिक गरिएको ओमानको मस्कटमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नेपाल फर्किनको लागि विभिन्न माध्यमबाट दूतावासमा नाम टिपाएकामध्ये प्राथमिकताका आधारमा सूची प्रकाशन गरिएको हो ।

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७’ मा तोकिएको प्रावधान अनुरुप प्राथमिकतामा परेकाहरुको नाम प्रकाशन गरिएको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया