नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – कोरोनाको खोप नलगाई साउदी जाने नेपाली श्रमिकले अब होटल क्वरेण्टीन खर्च तिर्न नपर्ने भएको छ ।
साउदीमा रहेको नेपाली दूतावासको अनुरोधमा अब रोजगारदाताले नै खोप नलगाई आएका नेपाली श्रमिकको होटल क्वरेण्टीन खर्च तिरिदिने व्यवस्था भएको दूतावासले जनाएको छ ।
साउदीबाट बिदामा आएका र साउदी फर्कन लागेका श्रमिकले संस्थागत क्वरेण्टीन खर्चको बारेमा साउदी जानु पूर्व नै रोजगारदाता कम्पनीसँग कुरा गर्न दूतावासले भनेको छ । बिदामा आएका श्रमिकको मात्र होइन नयाँ जाने श्रमिकको समेत क्वरेण्टीन खर्च रोजगारदाताले नै व्यहोर्ने व्यवस्था भएको साउदी सरकारले जनाएको छ ।
साउदीले मे २० भन्दा पछि साउदी प्रवेश गर्ने विदेशी नागरिकले अनिवार्य खोपको दुवै मात्र पूरा गरेको हुनु पर्ने र खोप नलगाएको भएमा अनिवार्य रूपमा सात दिन आफ्नै खर्चमा संस्थागत क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको थियो ।
संस्थागत क्वरेण्टीन खर्च ३५ सय साउदी रियाल तोकिएको थियो । तर यो रकम महँगो हुने र नेपाली श्रमिकलाई संस्थागत क्वरेण्टीन खर्च तिर्न गाह्रो हुने भन्दै दूतावासले साउदीको सम्बन्धित निकायसँग श्रमिकले खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको थियो ।
दूतावासको अनुरोध पश्चात् साउदी सरकारले अब संस्थागत क्वरेण्टीन खर्च रोजगारदाताले नै तिरिदिने औपचारिक जानकारी गराएको भन्दै सम्भावित ठगीबाट बच्न साउदी जाने सबैलाई दूतावासले सचेतसमेत गराएको छ ।
DURGA prasad Dhakal
June 30, 2021, 7:36 a.m.म साउदी जानु छ तर यो न्युज पढिसकेपछि मैले साथिलाई सुनाए र कम्पनीमा सोध्न लगाए तर उसले म दिदिन भन्यो जा दुतावासमा गएर भन, त्यही बस... भन्छ अनि मुद्धा पनि गर, तर म दिदिन भन्छ अब के गर्ने ? अनी आर्को कुरा यदि साउदी अरेबियामा गएर होटेल क्वारेन्टाइनमा एकहप्ता बस्दा नेपाली एक लाख लाग्छ तर साउदी अरेबियामा बस्ने भन्दा नेपाल मै बसालेर पठाउँदा खर्च पनि कम हुन्छ करीब करीब ६०/७० हजार त कम हुन्छ नेपाल सरकार /