वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग

 साउन ११, २०७८ सोमबार १६:१०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइ करार अवधिभित्र ज्यान गुमाएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गर्दै वैदेशिक रोजगार बोर्डले सूचना जारी गरेको छ ।

छात्रवृत्तिका लागि आफू अध्ययनरत शैक्षिक संस्थामा असोज मसान्तभित्र निवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ । निवेदन वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची (१) बमोजिमको ढाँचामा दिनुपर्ने हुन्छ । 

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत पूर्व प्राथमिक कक्षादेखि १२ कक्षामा अध्ययनरत १८ वर्ष मुनिका बालबालिकाले आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।


 

तपाईको प्रतिक्रिया