कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
काठमाण्डौ – यस वर्षको प्रि–मनसुनको अवधिमा अहिलेसम्म विपद्जन्य घटनामा परी ४१ जनाको ज्यान गएको छ । दुई सय ५७ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्मको अवधिलाई प्रि–मनसुन भनिन्छ । यसपालि प्रि–मनसुन शुरू भएदेखि नै पानी परिरहेको छ ।
प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले सामान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने मौसमविदको भनाइ छ । अहिलेको मौसमी गतिविधिको अवस्था अझै केही दिन रहने मौसमविद्को अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागसहित विभिन्न निकायबाट जारी हुने विपद्सम्बन्धी सूचना, पूर्वानुमान एवम् चेतावनीको पालना गर्न विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।