विदेश जानेले क्यूआर कोडसहितको खोप प्रमाण राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रबाट लिन सक्ने

 साउन २०, २०७८ बुधबार १०:३१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कामको लागि विदेश जानेहरुलाई विद्युतीय (क्यूआर कोड) खोप प्रमाण प्रदान गरिने भएको छ । 

विदेश जाने नेपाली नागरिकले क्यूआर कोडसहितको खोप लगाएको प्रमाण आजदेखि कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् । 

पछिल्लो समय कुवेत लगायत नेपालीहरु वैदेशिक रोजगारीमा जाने विभिन्न देशहरुले क्यूआर कोडसहितको खाेप लगाएकाे प्रमाण माग्ने गरेका छन् । यूएईले पनि क्यूआर कोडसहितको प्रमाण माग्न सक्ने भन्दै अस्ति त्यहाँ रहेको नेपाली दूतावासले क्यूआर कोडसहितको प्रमाण बोकेर आउन आग्रह गरेको छ । खोप लगाएको विद्युतीय प्रमाण नहुँदा विदेश जान समस्या भयो भन्दै श्रमिकहरुले क्यूआर कोडसहितको प्रमाण पाउँ भन्दै काठमाण्डौमा  आन्दोलन पनि गरेका थिए ।

क्यूआर कोडसहितको प्रमाण दिने कार्य अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने र पूर्ण खोप  लगाएका जुनसुकै व्यक्तिलाई पनि क्यूआर कोडसहितको प्रमाणपत्र उपलब्ध गराउने स्वास्थ्य सेवा विभागले जनाएको छ । 

19 Comments

  • Kumar babu Shrestha

    Aug. 7, 2021, 5:54 p.m.

    Good

  • Prem Kumar shrestha

    Aug. 5, 2021, 1:40 p.m.

    Online system one of the best choices for all .

  • Jit bahadur gole

    Aug. 4, 2021, 1:54 p.m.

    यो कसरी सम्भव छ ?

  • अभिषेक

    Aug. 4, 2021, 1:44 p.m.

    प्रत्येक जिल्लामा यस्तो सुविधा उपलब्ध गराएर स्रोत र साधनको दुरूपयोग गर्नु भन्दा, यात्रीहरू लाई विमानस्थलमै यो सुविधा उपलब्ध गराउँदा कसो होला?

  • Chhatra Maya Rana Magar

    Aug. 4, 2021, 1:12 p.m.

    कुन ठाउँमा क्यु आर कोड प्रमाणीकरण गरिन्छ ??

  • Subash aidi

    Aug. 4, 2021, 1:05 p.m.

    खोप लगाउन फर्म भर्नु पर्छ कि नाई ..

  • Kyarsingh Sarumar

    Aug. 4, 2021, 12:43 p.m.

    राम्रो ..एकदमै महत्वपूर्ण छ यो क्यु आर कोड /

  • Hemraj Dhimal

    Aug. 4, 2021, 12:37 p.m.

    कहिले चाहिं बिस्तार गर्दै जाने हो ? तपाईंहरुले त्यसो भन्दा भन्दै महिनौं लाग्छ ..यो त तत्काल गर्न पर्ने काम हो नि ...तर किन अहिले नि विस्तार गर्दै लैजाने भन्ने मै अल्झेको छ ? अनि अर्को कुरा विदेशको लागि जुन मापदण्ड, नियम कानून, खोप जस्ता कुराहरु यो महामारीमा आएको छ , यसलाई सरकारले बिदेशी सरकारले कर्मचारीको लागि माग गरेका सबै नियम पुरा गरि नेपालवाट जाने युवालाई मार्ग सहज तरिकाले खुलाईयोस , नत्र हामीलाई यहीं काम गर्न रोजगारको व्यवस्था मिलाइयोस ...म लगायत अन्य युवाको यही माग र अनुरोध रहेको छ /हामी सबै नागरिकले देखेको कुरा हो - तपाईंहरु यस्तो कुरामा होइन, कुर्सीको तानातान र खिचातानीमा भैरहेको छ , जुन यो कोभिडको घडीमा एकदमै लाजमर्दो कुरा भयो /अहिले नेपाली नागरिकलाई जीवनयापन गर्न कसरी सहज हुन्छ, कसरी गराउन सकिन्छ , यसको लागि वाटो कसरी खुलाउने भन्ने कुरा प्रति सरकारको ध्यान जावोस् /

  • Shunil Bhiswakarma

    Aug. 4, 2021, 12:10 p.m.

    अब चाहिं केही हुन्छ कि मजदुरको हितमा ...

  • Himal khadka

    Aug. 4, 2021, 12:05 p.m.

    यो त सबै प्रदेशमा व्यवस्था हुनुपर्ने हो ...किन काठमाण्डौमा मात्रै ? खासगरेर जिल्ला मै व्यवस्था गर्नुपर्ने हो /

  • Meghraj Lama

    Aug. 4, 2021, 12:04 p.m.

    यो त धेरै राम्रो काम हो नि , जिल्ला जिल्लामा राख्नुपर्छ /

  • Binda Khatri

    Aug. 4, 2021, 11:49 a.m.

    यो त एकदम राम्राे काम हो सरकार ले गरेको । तर हामीले QR code कसरी लिन सक्छौ त?? हामीले भ्याक्सिन हालेको कार्ड लिएर त्यहाँ गएर भेरीफाइ गरेपछि हाम्लाई QR code दिने हो कि के होला ?

  • Tsering Yangdon lama

    Aug. 4, 2021, 11:45 a.m.

    I need a vaccine certificate

  • Surya bahadur chhetri

    Aug. 4, 2021, 11:44 a.m.

    रोजगारी चाहियो /

  • sanjay chetri

    Aug. 4, 2021, 11:43 a.m.

    भारतीय खोप लगाएर भारतले प्रमाणित गरेको वारकोडसहितको सर्टिफिकेटलाई केही गर्नु पर्छ ??

  • Shekh sartaj

    Aug. 4, 2021, 11:37 a.m.

    मलाई कोभिड १९ को खोप चाहिन्छ /

  • Rabin Khanal

    Aug. 4, 2021, 11:34 a.m.

    For me

  • Raja Hussain

    Aug. 4, 2021, 11:33 a.m.

    Jonshon

  • जित कुमार दास

    Aug. 4, 2021, 11:33 a.m.

    औरही

तपाईको प्रतिक्रिया