काठमाण्डौलाई हेटौँडा हुँदै तराईसँग जोड्ने चुरियामाई सुरुङमा...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – मलेसियामा रहेको नेपाली दूतावासले नयाँ कामदार मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ ।
मलेसियाको रोजगारी खुलेको र दूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै दूतावासले भिसाको म्याद भएकाहरू मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन पाउने बारे कुनै जानकारी नआएको जनाएको छ ।
भिसाको अवधि भएकाहरूले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वरेण्टीन बस्ने गरी मलेसिया जान सक्नेछन् ।
कोरोना महामारी रोकथामका लागि मलेसिया सरकारले सन् २०२० को मार्च १८ देखि नै आवागमन नियन्त्रण गरेको छ । मलेसियाले आवागमन नियन्त्रण लागू गरेदेखि नै दूतावासले स्थगित गरेको माग पत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन ।
माग पत्र प्रमाणीकरणको काम सुरु हुनासाथ सूचना जारी गरिने हुँदा अहिले अन्य कुरामा भ्रममा नपर्न दूतावासले अनुरोध गरेको छ ।