सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रूपमा जान छनौट भएका तर त्यहाँको परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण जान नपाएकाहरूलाई लैजाने प्रक्रिया पुनः सुरु गर्न नेपालले इजरायलको ध्यानाकर्षण गराएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल र इजरायलमा रहेको नेपाली दूतावासका कार्यबहाक राजदूत अर्जुन घिमिरेले इजरायली पक्षसँग संवाद गर्दै ध्यानाकर्षण गराएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।
संवादमा इजरायलकातर्फबाट नेपालका लागि इजरायली राजदूत हानन गोडेर, इजरायली पपुलेशन एण्ड इमिग्रेसन अथुरिटी पीआईबीएका निर्देशक शेर्ली र इजरायली स्वास्थ्य मन्त्रालयका निर्देशक तास्फी सहभागी हुनुहुन्थ्यो ।
संवादका क्रममा नेपालले ढिलो नगरी पुनः प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गराएको हो । इजरायलले भने कर्मचारीको आन्दोलन समाप्तिसँगै प्रक्रिया पुन : सुरु गर्ने बताएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।