सरकारले खाडीका देशमा श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गर्‍यो

 जेठ १२, २०७९ बिहिबार १६:३१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले श्रम गन्तव्य देशमा श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गरेको छ ।

बुधबार श्रम मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै खाडीको देश साउदी, यूएईमा श्रम काउन्सेलर र बहराइन, कतारमा श्रम सहचारी नियुक्त गरेको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कार्यरत उपसचिव देवेन्द्र कार्कीलाई साउदी अरेबिया र वैदेशिक रोजगार बोर्डको कार्यालयमा रहेका दीन बन्धु सुवेदीलाई यूएईका लागि श्रम काउन्सेलर तोकिएको हो । 

यस्तै बहराइनका लागि श्रम मन्त्रालयका शाखा अधिकृत जमुना काफ्ले र कृष्ण पौडेललाई कतारका लागि श्रम सहचारीमा नियुक्त गरिएको  छ । 

श्रम मन्त्रालयकै अर्का उपसचिव भोलानाथ गुरागाईँलाई भने सरकारले श्रम काउन्सेलरको र वैदेशिक रोजगार विभागका शाखा अधिकृत ताम्रराज काफ्लेलाई श्रम सहचारीको प्रतीक्षाको सूचीमा राखेको छ ।

तपाईको प्रतिक्रिया